Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी ठकुरी पक्राउ



२४ मङ्सिर, तनहुँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोप बहादुर चन्द ठकुरीलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ साबिक राईपुर गाविस–४ बस्ने भिम बहादुर परियारको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पोखराको २०७४ असार १९ गतेको १० वर्ष कैद हुने फैसलालाई सर्वोच्च अदालत काठमाडौंको २०७५ कात्तिक १३ गतेको फैसलाले सदर गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिकास्थित होटलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै सोही मुद्दामा ५० रुपैयाँ जरिवाना ठहर भई भुक्तान नगरी हालसम्म फरार रहेका तनहुँ शुक्लागण्डकी नगरपालिका–११ बस्ने ११ जनालाई समेत जरिवाना भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा ठकुरीलाई उक्त अदालतको आदेशले कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार