Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

बासमती धानको भौगोलिक हकमा नेपालले दाबी पेश गर्ने



२४ मंसिर, काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताछन् ।

उनका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेश गर्ने निर्णय भएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी