Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

डाइस खेलिरहेको अवस्थामा ४ जना पक्राउ



२४ मङ्सिर, धनकुटा । साँगुरीगढी गाउँपालिका–७ गोरखारी स्थित राईहरुको पर्व सरस्वती पूजामा डाइस खेलिरहेको अवस्थामा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा साँगुरीगढी गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रतिभा राई, सोही गाउँपालिका–९ बस्ने २६ वर्षीय सुजन राई, सुनसरी धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय प्रदिप राई र सोही ठाउँ बस्ने २४ वर्षीय मीनकुमार राई रहेका छन् ।

उक्त पूजामा डाइस खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र एक सेट डाइस सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी