Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

नेताहरुलाई बोलाउँदै फकाउँदै ओली, कसैलाई अध्यक्ष त कसैलाई प्रधानमन्त्रीको ‘ललिपप’



काठमाडौं । पछिल्लो पार्टी विवादसँगै गृहमन्त्रीसमेत रहेका नेकपा नेता रामबहादुर थापा बादलको धार परिवर्तन भएको चर्चा छ । जसको प्रमाणको रुपमा मंसिर २० (शनिबार) बसेको सचिवालय बैठकमा उनले राखेको मध्यमार्गी प्रस्तावलाई पनि लिन सकिन्छ ।

शनिबार बसेको सचिवालय बैठकमा थापाले पार्टी संकटको समाधान कार्यदल बनाएर खोज्नुपर्ने प्रस्ताव अघि सारेका थिए । पार्टी स्थायी समिति बैठक अन्यौंलमा परिरहेका बेला गौतमले गत साउन १३ मा ६ बुँदे प्रस्ताव राखेर पार्टी संकटलाई निकास दिएका थिए । जुन मध्यमार्गी प्रस्तावको निकै तारिफ पनि भएको थियो ।

तर, बादलले पछिल्लो पार्टी विवादमा गौतमले राखेको प्रस्तावलाई पुनः दोहोर्याउँदै गर्दा भने निकै प्रश्नहरु उब्जिएका छन् । पार्टी विवादमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज बनाउने गरि आएको प्रस्तावमाथि धेरैले प्रश्न उठाईरहेका छन् । किन ओलीलाई सहज बनाउने गरि थापाले प्रस्ताव ल्याए भन्ने धेरैको प्रश्न छ ।

तर, आश्वासन पछि फेरिएका हुन् थापा

नेकपा उच्च स्रोतका अनुसार गृहमन्त्री थापा पछिल्लो समय पाएको आश्वासनसँगै फेरिएका हुन् । उनलाई ‘चुनावी प्रधानमन्त्री’ बनाईदिने आश्वासन आएको छ ।

पार्टी विवादमा एक्लिएका ओलीले थापालाई चुनावी प्रधानमन्त्री बनाईदिने आश्वासन दिएका छन् । जुन आश्वासनपश्चात नै थापाको शैली परिवर्तन भएको नेकपा स्रोत बताउँछ । तत्काल गृह मन्त्रालय चलाउन पूर्णं स्वतन्त्रता दिने र चुनावको समय प्रधानमन्त्री बनाईदिने आश्वासन ओलीले दिएका छन् ।

ओलीले अन्यलाई पनि बाँडिरहेका छन् आश्वासन

पार्टीभित्र अप्ठ्यारोमा पर्दा नेताहरुलाई विभिन्न पदको आश्वासन दिने ओलीको पुरानै बानी हो । पछिल्लो पार्टी विवाद यता थापा मात्रै होइन अन्यलाई पनि ओलीले यस्तै आश्वासन दिएका छन् ।

आइतबार बसेको स्थायी समिति बैठक अगाडि पनि उनले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पनि यस्तै आश्वासन दिएका थिए । स्थायी समिति बैठकमा जाने नजाने टुंगो नभईरहेका बेला ओलीले आफुँलाई साथ दिन भन्दै गौतमलाई चुनावी प्रधानमन्त्रीको आश्वासन फालेका थिए ।

माधव नमानेपछि प्रचण्डलाई पनि आश्वासन

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरै पटक पार्टी अध्यक्ष र प्रधानमन्त्रीको आश्वासन देखाए । कात्तिक यता मात्रै नेता नेपालसँग ओलीले ३ पटकसम्म (कात्तिक ४, कात्तिक ११, कात्तिक २३)मा भेटेरै यस्तो प्रस्ताव राखेका छन् ।

पार्टीभित्र अप्ठ्यारोमा पर्दै गर्दा उनले प्रचण्डलाई एक्ल्याउन नेपाललाई यस्तो प्रस्ताव राख्ने गरेका छन् । तर, अन्य नेतासहित नेपाललाई पनि आश्वासन बाँडिरहेका ओलीले फेरि प्रचण्डलाई आश्वासन देखाएका छन् ।

उनले नेपालसँग नभई आफुँसँग सहकार्य गरे सहयोग गर्ने पनि प्रस्ताव राखेका छन् । बुधबार भएको भेटमा ओलीले प्रचण्डसँग निकै धेरै प्रस्ताव राखेको बुझिएको छ । जहाँ उनले महाधिवेशन पछिको अध्यक्ष तपाईँ नै हुने कुरा प्रचण्डलाई भनेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी