
२५ मंसिर । प्रदेश न. २ को लोकसेवा आयोगले राजपत्रांकित तृृतीय श्रेणी/सातौँ तह (प्राविधिक) पदका लागि केही कर्मचारी माग गरेको छ ।
प्रदेश सरकारको निर्णय अनुसार कर्मचारी समायोजन ऐन बमोजिम प्रदेश लोक सेवा आयोग प्रदेश न. २ ले राजपत्रांकित तृृतीय श्रेणी वा सो सरहको नेपाल इन्जिनियरीङ्ग सेवा तर्फ प्राविधिक रिक्त पदपूर्ति गर्नुुपर्ने भएकाले प्रदेश न २ को लोकसेवा आयोगले यो विज्ञापन गरेको सूचनामा उल्लेख छ । संघीय प्रदेस न २ को लोकसेवा आयोगको यो पहिलो विज्ञापन हो।
आयोगले योग्यता पुगेका उम्मेदवारहरुलाई २०७७/९/१५ सम्ममा दरखास्त आह्वान गरेको छ । निजामती सेवाका परीक्षा सञ्चालनका लागि प्रदेस न २ को लोकसेवा आयोगले निकालेको यो पहिलो विज्ञापन हो।