
२५ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि सय गोल पुरा गरेका छन् । लिग वान अन्तर्गत गएराति मोन्टेपिलर विरुद्ध भएको खेलमा दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै उनले उक्त कोशेढुंगा पूरा गरेका हुन् ।
पीएसजीले उक्त खेलमा मोन्टेपिलरलाई ३-१ ले पराजित गरेको थियो । खेलको दोस्रो हाफको ७८औं मिनेटमा मोइस केनको स्थानमा मैदान प्रवेश गरेका उनले इन्जुरी टायममा उक्त सफलता हात पारे ।
आफुले पुरा गरेको सय गोल सम्बन्धी खेल पछि प्रतिक्रिया दिदै उनलेभने ‘म केहि खेलयता गोल गर्न कुरिरहेको थिएँ । यो एक प्रकारको राहत महसुस भएको छ,’, एमबाप्पेले केनल प्लससँग भने, ‘जब मैले यहाँ सम्झौता गरेको थिएँ, मैले ३ गोल गर्नेबारे पनि सोचेको थिइन होला । एक सय भनेको धेरै हो ।’
हालसम्म उनीसँगै पीएसजीको लागि १ सय गोल पुरा गर्ने पाँच खेलाडि छन् । यसअघि पीएसजीको लागि एडिनसन कभानीले २००, ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिकले १०० गोल पुरा गरेका थिए ।