
२५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य तथा कोरियाका लागि पूर्वराजदूत कमान सिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कोरोना भाइरसको संक्रमणपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका लामाको विहिबार बिहान निधन भएपछि अध्यक्ष प्रचण्डले दुःख व्यक्त गदै संविधानको कार्यान्वयन र जनताको हक अधिकार स्थगापित गर्न उनको अभाव महसुस गरेको बताएका छन् ।
‘जुझारु र बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।’ अध्यक्ष प्रचण्डद्धारा जारी शोक वक्तव्यमा भनिएको छ ।