
२५ मङ्सिर, काठमाडौँ । २०२०/२१ को बिग ब्यास लिग (बिबिएल) आजबाट सुरु हुन गइरहेका छ । २०२०/२१ को बिग ब्यास लिगको पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन सिड्नी सिक्सर्स र होबार्ट हुरिकेन्स भिड्न गईरहेका छन ।
होबार्टमा रहेको ब्लन्डस्टोन मैदानमा हुने पहिलो खेलमा सिड्नी सिक्सर्सको कप्तानी मोइसीस हेनरिक्सले गर्ने छन भने होबार्ट हुरिकेन्सको कप्तानी म्याथ्यू वेडले गर्ने छन ।
पहिलो खेलमा दुवै टिमका केही स्टार खेलाडीहरु उपलब्ध रहने छैनन् । सिड्नी सिक्सर्सबाट स्टीवन स्मिथ, जस हेजलवुड उपलब्ध रहने छैनन् । दुवै खेलाडी भारत विरुद्ध डिसेम्बर १३ बाट सुरु हुने ४ खेलको टेस्ट श्रृखलाका लागि तयारी गरिरहेका छन । त्यसैगरि होर्बाट हुरिकेन्सबाट डविड मलान, किमो पल र सन्दिप लामिछापने उपलब्ध रहने छैनन् । डविड मलान डिसेम्बर १८ , किमो पल डिसेम्बर २५ र सन्दिप लामिछाने जनवरीको पहिलो हप्ता देखी मात्र उपलब्ध रहेने छन ।
यी दुई टिम बिच यस अघि बिग ब्यास लिगमा १२ खेल भएको छ जसमा होबार्टले ६ खेलमा जित निकालेको छ भने सिक्सर्सले ५ खेलमा जित निकालेको छ ।
होबार्ट र सिक्सर्स बिचको खेल नेपाली समय अनुसार दिउँसो २:०० बाट सुरु हुनेछ ।
होबार्टको सम्भावित प्लेइङ्ग-११
म्याथ्यू वेड, डार्सी शर्ट, म्याकलिस्टर राइट, कोलिन इंग्राम, पिटर ह्यान्डसकोम्ब, मिचल ओवेन, जेम्स फल्कनर, नेथन एलिस, स्कट बोल्यान्ड, रिले मेरिडिथ, विल पार्कर ।
सिक्सर्सको सम्भावित प्लेइङ्ग-११
जस फिलिप, जेम्स भिन्स, मोइसीस हेनरिक्स, ड्यानियल ह्युजेस, जोर्डन सिल्क, कार्लोस बे्रथवेट, डेनियल क्रिस्चयन, जेसन होल्डर, शन एबट, स्टीव ओ किफ, लोयन पोप ।