
२५ मङ्सिर, पाल्पा । आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको अभियोगमा बग्नासकाली गाउँपालिका–९ बस्ने ४५ वर्षीय हेम बहादुर सनमानिलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हेम बहादुरले काकालाई घाँटीमा पासो लगाएर घाइते बनाई कानमा लगाएको सुनको मुन्द्रा चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी भुसालडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि मिशन अस्पताल पाल्पातर्फ पठाइएको र अवस्था गम्भीर रहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना दिएको छ ।