Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

बलात्कारपछि वृद्धाको हत्या, अभियुक्त पक्राउ



२५ मङ्सिर, झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफँैले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ ।

बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए । घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय