Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पोखराका तीनसहित थप ४ जनाको मृत्यु



२५ मंसिर, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पोखराका तीनसहित थप ४ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका ४ जना मध्ये पोखरा महानगरपालिका १० का ८१ वर्षीय पुरुषको विहिबार बिहान ३ बजे मृत्यु भएको छ ।

मंसिर २० गते कोरोना संक्रमण देखिएपछि मणिपाल अस्पताल पोखरामा उपचार गराइरहेका उनको कोरोना संक्रमणका साथै मिर्गौलाको समस्या रहेको बताइएको छ ।
महानगरकै वडा नं १३ का ५१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । उनमा मंसिर १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

महानगरकै वडा नं ७ का ६५ वर्षीय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका उनको बुधबारै चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ का ७४ वर्षीय पुरुषको पनि संक्रमणकै कारण मृत्यु भएको छ ।

मंसिर २२ गते संक्रमण पुष्टि भएका उनको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा विहिबार बिहान ३ः१५ मा मृत्यु भएको निर्देशनालयका प्रवक्ता विन्दु शर्माले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय