Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

आमा बन्दै अभिनेत्री श्वेता खड्का



काठमाडौँ । निर्देशन यम थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का आमाको भूमिकामा देखिने भएकी छन् । आमा र छोरीको भावनात्मक सम्बन्धमा बन्न लागेको नयाँ चलचित्रमा उनी अनुबन्धित भएकी हुन् ।

‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्र जगतमा अभिनय करिअर सुरु गरेकी खड्काले २ वर्षअघि उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कान्छी’ प्रदर्शनमा आएको थियो उक्त चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।

आफ्नो व्यापार, व्यवसाय तथा समाज सेवामा व्यस्त रहेकी उनले हुर्रे, मेरी मामु र रज्जा रानीका निर्देशन यम थापाको नयाँ चलचित्रमा काम गर्न लागेकी हुन् । उक्त चलचित्रमा छोरीको भूमिकामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको चलचित्र टिमले बताएको छ ।

यहि मंसिर २२ गते विवाह बन्धनमा बाँधिएकी खड्का यस चलचित्रमा फरक भूमिकामा देखिने भएकी छन् । कोरोना महामारी र लकडाउनको अवस्था सहज हुनेबित्तिकै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्रमा समावेश अन्य कलाकार तथा प्राविधिकको जानकारी केही समयमा गराउने निर्देशक थापाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार