back

१४ वर्ष पछि दक्षिण अफ्रिकी क्रिकेट टिम पाकिस्तान भ्रमणमा जादैँ, यस्तो छ खेल तालिका

वि.सं.२०७७ मंसिर २५ बिहीवार

159 

shares
NTC AD
Global IME AD

२५ मङ्सिर, काठमाडौँ । १४ वर्ष पछि दक्षिण अफ्रिकी क्रिकेट टिम पाकिस्तान भ्रमणमा जाने भएको छ । २००७ पछि दक्षिण अफ्रिकी टिमको यो पहिलो पटक पाकिस्तान भ्रमण हुने छ ।

दक्षिण अफ्रिकी क्रिकेट र्बोडले २०२१ को जनवरीमा पाकिस्तान भ्रमणमा जानको लागि दक्षिण अफ्रिकी क्रिकेट टिमलाई अनुमति दिएको हो ।

त्यस भ्रमणका क्रममा दक्षिण अफ्रिकी टिमले पाकिस्तान विरुद्ध २ खेलको टेस्ट श्रृखला र ३ खेलको टि-२० श्रृखला खेल्ने छ । दक्षिण अफ्रिकाले जनवरी २६ मा पाकिस्तान विरुद्ध पहिलो टेस्ट खेल्दैँ भ्रमणको सुरुवात गर्ने छ । यी दुई टिम बिच पाकिस्तानमा २००७ मा भएको २ खेलको टेस्ट श्रृखलामा दक्षिण अफ्रिकाले १-० ले जित हासिल गरेकाे थियो ।

२००९ मा पाकिस्तानमा टेस्ट श्रृखला खेल्न पुगेको श्रीलंकन टिम माथि आतंकवादी हमला भएको थियो जसमा श्रीलंकन टिममा ६ खेलाडी घाइते भएका थिए । त्यस हमला पछि पाकिस्तानले आफ्नो सबै श्रृखलाहरु युएईमा खेल्ने गरेको थियो ।

यी दुई टिम बिच हुने टेस्ट र टि-२० श्रृखलको खेल तालिका यस प्रकारको रहेको छ ।

टेस्ट श्रृखला:
पहिलो टेस्ट : २६-३० जनवरी, कराची
दोस्रो टेस्ट: ४-८ फेब्रुअरी, रावलपिंडी

टि-२० श्रृखला:
पहिलो टि-२०: ११ फेब्रुअरी, लाहोर
दोस्रो टि-२०: १३ फेब्रुअरी,लाहोर
तेस्रा टि-२०: १४ फेब्रुअरी, लाहोर

वि.सं.२०७७ मंसिर २५ बिहीवार १४:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...