
२५ मंसिर, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले लगानीकर्तालाई ११.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर २४ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर सहित) गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
कम्पनिले प्रकाशन गरेको सुचना यस्तो छ :