Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अध्यक्षबाट राजीनामा दिन ओलीलाई आफ्नै समुहबाट दबाब



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै टिमभित्रबाट दबाब पर्न थालेको छ । पार्टी विवाद चुलिँदै जाँदा उनलाई अध्यक्ष पद छाड्न आफ्नै टिमभित्रबाट दबाब परेको हो ।

ओली निकटका एक स्थायी समिति सदस्यका अनुसार विवादको निकासका लागि ओलीले अध्यक्ष पद छाड्न उपयुक्त हुने निष्कर्षमा पुगेको बताए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई सोही अनुसार सुझाब पनि दिइएको छ ।

प्रधानमन्त्री पद भने छाड्न नहुने सुझाब आफुँहरुले दिएको कुरा उनले सुनाएका छन् । दुवै पद छाड्नुपर्ने अवस्था ल्याइएमा बिकल्प पनि खोज्नुपर्ने आफुँहरुको धारणा रहेको उनले बताए ।

‘पार्टीलाई बचाएर लगेमा मात्रै हाम्रो जित हुन्छ, विभाजन तिर गएमा हामी सबै हार्छौं’, उनले भने, ‘निकासको लागि विकल्प धेरै छन्, जसमध्ये दुई पदमा एक छाड्ने पनि हुनसक्छ ।’

उनका अनुसार त्यस्तो अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रस्ताव फिर्ता लिएर सच्चिएको प्रमाण दिनुपर्छ । साथै माधव नेपाल पक्षको पनि असन्तुष्टी सम्बोधन गरिनुपर्छ ।

तर, प्रचण्ड–नेपाल समुह प्याकेजमै निकास खोज्ने पक्षमा

तर, यता प्रचण्ड–माधव नेपाल समुह भने प्याकेजमै निकास खोज्ने पक्षमा देखिएका छन् । हालसम्म सहमती र सम्झौतालाई अक्षरस पालना हुनुपर्ने उनीहरुको अडान छ ।

प्रचण्ड निकटका एक सचिवालय सदस्यका अनुसार फेरि पनि पहिला जस्तै सहमती गर्न सकिँदैन् । बहुमत पक्षको आवाजलाई कुल्चिएर सहमती नहुने उनले बताए ।

पछिल्लो समय दुवै अध्यक्षले एक अर्कालाई आरोप लगाउँदै आफ्नो राजनीतिक प्रस्ताव अघि सारेसँगै नेकपाभित्रको विवाद चुलिएको छ । विवाद पार्टी विभाजनसम्म पुगेको धेरैको आकंलन छ ।

सम्बन्धित समाचार

नेताहरुलाई बोलाउँदै फकाउँदै ओली, कसैलाई अध्यक्ष त कसैलाई प्रधानमन्त्रीको ‘ललिपप’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय