
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ ।
साहित्यकार दीपा राई पुनको अध्यक्षतामा गठित समितिमा सुशील नेपाल (वरिष्ठ उपाध्यक्ष), विजय शर्मा पौडेल (उपाध्यक्ष), मनोज आचार्य(उपाध्यक्ष), अभि गजुरेल (सचिव), प्रकाश खड्का (सहसचिव ),मनोहर धिताल (सहसचिव) र ममता कर्माचार्य (कोषाध्यक्ष) मा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा महेश्वर पन्त, शान्ति जोशी, वालकृष्ण सुवेदी, जयराम रेग्मी र नवीन उप्रेती निर्वाचित भएका छन् ।
च्याप्टरका अध्यक्ष यम पौडेलको सल्लाह र हरि काफ्लेको संयोजकत्वमा गोवर्ध्दन पूजा, लालगोपाल सुवेदी, डा. उषा शर्मा र मिलन गुरूङ रहेको निर्वाचन समितिले उक्त जानकारी दिएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुईबर्षको रहने छ ।