Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सन्दिप आवद्ध होबार्टको विजयी सुरुवात, सिक्सर्स १६ रनले पराजित



२६ मङ्सिर, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले बिग ब्यास लिगमा विजयी सुरुवात गरेको छ ।

ब्लन्डस्टोमा भएको खेलमा टस हाररे पहिले ब्याटिङ्ग गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो । होबार्टका लागि कोलिन इनग्राम र टिम डेविडले पहिलो खेलमै अर्धसतक बनाएका थिए । कोलिन इनग्राम ५५ रन बनाएर आउट भएको थिए भने टिम डेविड ५८ रन बनाएर आउट भएको थिए । सिक्सर्सका लागि बलिङ्मा भने डरविसले सर्वाधिक ३ विकेट लिएका थिए ।

१७९ रनको लक्ष्य सिड्नी सिक्सर्सले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । सिक्सर्सले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । सिक्सर्सका लागि जेम्स भिन्सले ४१ बलमा ६७ रनको विस्फोट पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् ।

१६ रनले जित निकालेसँगै होबार्ट २०२०/२१ को बिग लिगमा विजयी सुरुवात गरेको छ ।

बिग ब्यास लिग अन्तर्गत आज हुने दोस्रो खेलमा मेलबर्न स्टार्स र ब्रिसबेन हिट भिड्न गईरहेको छन । खेल नेपाली समय अनुसार दिउँसो २:०० बजेबाट सुरु हुने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय