Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

बाबुराम भन्छन् – मृत्युशैयामा रहेको मान्छेले झुटो बोल्दैन्, कमानसिंहले लेखेका कुरा गम्भीर छन्



काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपाका नेता एवं सांसद कमानसिंह लामाले मृत्यु अघि लेखेको कुरा झुटो नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मृत्युशैयामा रहेको मान्छेले झुटो नबोल्ने बताए ।

उनका अनुसार लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन् । जुन क्षम्यसमेत हुन नसक्ने कुरा भएको उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्विटमार्फत उनले भनेका छन्, ‘भनिन्छ- मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन । मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन् । जतिसुकै तर्करकुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन । चेतना भया !’

कोरोना संक्रमित लामाको निधन बुधबार राति भएको थियो । उनले आफ्नो मृत्युअघि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो श्रीमति र आफ्नो नेताबारे केहि गम्भीर विषय उठाएका छन् ।

जहाँ नेताको नाम नलेखिएको भएपनि लामाको मृत्युपश्चात सार्वजनिक भिडियोसँगै उक्त स्टाटस नेकपा नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित रहेको बुझ्न सकिन्छ । जुन भिडियो अहिले निकै विवादमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय