Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा



२६ मङ्सिर, काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्केका थिए । त्यसपछि उनी नेपाल फर्किका थिएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्