Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

भरुवा बन्दुक सहित रावल पक्राउ तथा सालको कडी बरामद



२६ मङ्सिर, सुर्खेत । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीय बीर बहादुर रावललई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

साथै बराहताल गाउँपालिका–६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सब–डिभिजन बन कार्यालयमा बुझाएको छ ।
हाल फरार भएका राजी र थापाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय