
२६ मंसिर, काठमाडौं । बेलायतमा सडक दुर्घटनामा परेर गम्भीर घाईते भएपछि नेपाल फर्किएका पण्डित दधिराम काफ्लेको मृत्यु भएको छ ।
लन्डनको वुल्वीचमा गाडीको ठक्करबाट गम्भीर घाईते ६४ वर्षीय काफ्लेको बुधबार नारायणगढस्थित आफ्नै निवासमा निधन भएको एनआरएनए युकेका पूर्वअध्यक्ष तथा काफ्लेका ज्वाँई महेन्द्र कडेलले बताएका छन् ।
२०१९ अगस्तमा वुल्वीच आर्सनलमा रोयल मेलको भ्यानले ठक्करदएिपछि टाउकोमा गम्भीर चोट लागेका उनको केही महिना लन्डनमै उपचारपछि नेपाल ल्याइएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भएपनि आफै उठवस गर्न सक्ने अवस्थामा नभएका उनको बुधबार मृत्यु भएको हो ।
लन्डनको प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरको ट्रष्टी समेत रहेका काफ्लेले मन्दिको विकासका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनी मन्दिरमा प्रार्थना गर्न जाने क्रममा दुर्घटना भएको बताइएको छ ।