
२७ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालिका- १ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।