
काठमाडौं । नेपाली कांग्रेसले प्रदर्शन गर्दा भौतिक दुरी कायम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेको छ । आइतबार एक विज्ञप्ती निकाल्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता त्यस्तो निर्देशन गरेका हुन् ।
कांग्रेसले भोली मंसिर २९ मा देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसले सरकारका कतिपय भ्रष्टाचारका मुद्दा र कार्यशैलीलाई लिएर प्रदर्शन गर्न लागेको हो ।
तनहुँ घटनापश्चात आक्रोशित भएको कांग्रेसले सरकार अधिनायकवादी भएको आरोप लगाउँदै आएको छ ।
यस्तो छ कांग्रेसले सार्वजनिक गरेको विज्ञप्ती