Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

बाबुराम भट्टराई र सुर्य आचार्यबीच सामाजिक सञ्जालमा दोहोरी, भट्टराई भन्छन् – जातीय राज्य नभई विकास हुँदैन



काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई र राजनीतिक विश्लेषक सुर्य आचार्यबीच सामाजिक सञ्जालमा बेला–बेला निकै दोहोरो पर्ने गर्दछ । विभिन्न मुद्दामा दुईबीच आरोप–प्रत्यारोपसमेत भईरहन्छन् ।

पछिल्लो समय जातीय राज्यका पक्षमा देखिएका भट्टराई र आचार्यबीच पुनः सामाजिक सञ्जालमा दोहोरी देखिएको छ । आचार्यले भट्टराईका राम्रा मुद्दा जातीय राज्य बनाउने ढिपीले छाँयामा परेको टिप्पणी गरेका छन् ।

उनले भट्टराईमा सामाजिक आर्थिक रुपान्तरण गर्ने सोंच र विचार भएपनि जातीय राज्यको ढिपीले विगारेको बताउँछन् । उनले भनेका छन्, ‘सामाजिक/आर्थिक रुपान्तरणका लागि डा. बाबुराम भट्टराईका धेरै जसो सोच-विचार सही र स्पष्ट छन्। तर ‘जातीय प्रदेश’ हुनु पर्ने भन्ने उहाँको निरन्तरको ढिपीले गर्दा उहाँका अन्य राम्रा सोच-विचार छायाँमा। जातीय राज्यको गलत सोच-अडान उहाँको राजनीतिका लागि ग्रिक मिथकको जस्तै भोटबैंक !’


जुन आरोपमाथि खण्डन गर्दै भट्टराईले भने वर्चस्वशाली समुदायकै सोंच भएको टिप्पणी गरेका छन् । वर्चस्वशाली समुदायको पक्षमा राजा महेन्द्रदेखि केपी शर्मा ओलीले पनि भूमिका खेलेको बताए छन् ।

उनका अनुसार जातिहरुको पहिचान, सम्मान, अधिकार स्थापित नगरी छिटो र दिगो विकास हुँदैन् । ‘भोटबैंककै राजनीति गर्ने हो भने त वर्चस्वशाली समुदायकै पक्षमा उभिंदा लाभ होला नि डा. सुर्य आचार्य साप ! महेन्द्रदेखि ओलीसम्मले गरेकै हुन् नि !’ आचार्यको जवाफमा भट्टराईले भनेका छन्, ‘विविध जाति भएको देशमा सबैको पहिचानरसम्मानरअधिकार स्थापित गरेर आर्थिक अभियानमा सबैको क्षमता परिचालन गरे पो छिटोरदिगो विकास होला त !’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय