
२८ मंसिर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङ स्थित बेलबारी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त उद्यमीहरुको ५–५ जनाको समूह बनाई कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने छ। तिनै उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
उक्त कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउदै कर्जा तिर्नुनपर्ने भन्ने मानसीकता कसैले राख्न नहुने बताए । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बतए।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए । कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गरेका थिए ।