काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पार्टीका केन्द्रीय सदस्य एवं पूर्वसांसद तथा राजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक पुस १ गते १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति थियो । यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न अस्वीकार गर्दै ओलीले बैठक बहिस्कार गरेका थिए ।