Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अवैध यार्सागुम्बा सहित ४ जना पक्राउ



२८ मङ्सिर, काठमाडौं । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तु सहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका९५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने संखुवासभा चैनपुर नगरपालिका–२ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका–५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णश्वर नगरपालिका–४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका–७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका९६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका–४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय