
२९ मङ्सिर,काठमाडाैं। प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । आज सोमबार मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।
६० लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।