
२९ मंसिर, काठमाडौं । फ्रेन्च लिग वान अन्तरगत साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ । हारसँगै पीएसजीले आफ्नो महत्वपूर्ण खेलाडि नेपारलाई पनि चोटका कारण गुमाउन पुगेको छ ।
लियोनको जितमा खेलको ३५औं मिनेटमा टिनो काडेवेरेले गोल गरे । उनको एक मात्र गाेलको मद्दतमा लियोनले खेल १-० ले आफ्नो पक्षमा पार्न सफल बन्यो । जितसँगै १४ खेलबाट २९ अंक जोड्दै लियोन अंक तालिकाको दोस्रो स्थानमा उक्लन सफल बन्यो भने हार पछि पीएसजी भने तेस्रो स्थानमा झरेको छ ।
दोस्रो हाफको इन्जुरी टाइमको नवौं मिनेटमा पीएसजीका स्टार स्ट्राइकर नेमार घाइते भए । लियोनका थियागो मेन्डेसले फाउल गर्दा नेमारको एंकलमा चोट लागेको थियोे । भने मेन्डिज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।