
२९ मंसिर, काठमाडौँ । त्रि.वि. शिक्षण अस्पतालले विभिन्न विभागहरुमा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
महराजगञ्ज स्थित उक्त अस्पतालले हाउस अफिसर पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले एम.बि.बि.एस. उत्तिर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त भएको ५ जना कर्मचारीको माग गरेको छ ।
उक्त अस्पतालका अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित मितिले ७ दिनभित्र हिमालयन बैंक महाराजगञ्जको खाता नं. ०६५४४० A मा रु. २ हजार जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गरी आवेदन फाराम भर्नुपर्ने छ ।
विस्तृत जानकारीको लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।