
२९ मंसिर, काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटाबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग)प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ।
उक्त एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत श्री रमेश घिमिरेज्यूले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पत्र अनुसार बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्याइससहित सितैमा सीम पाउनेछन् । मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निःशुल्क इन्टर्नेट डाटा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।