Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नारायणकाजीमाथि प्रश्न गर्दै बाबुरामले भने – वैद्यानिक तलबभत्ता नलिने तर, ऐय्यासी जीवन शैली जिउने ?



काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको जीवन शैलीमाथि प्रश्न उठाएका छन् । भट्टराईले वैद्यानिक आम्दानी नलिएर आदर्शवादी बन्ने श्रेष्ठको ऐय्यासी जीवन कसरी चलिरहेको छ भनि प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘आफ्नो नाममा कुनै देखल सम्पत्ति नराख्ने ! वैधानिक तलवभत्ता नलिएर वाहवाही कमाउने ! आसेपासेहरूका नाममा रातारात करोडौं/अरबौं सम्पत्ति जम्मा हुने ! उनीहरूका विवादमा मध्यस्थता गर्ने ! ऐय्यासी जीवन बिताउने !’

भट्टराईका अनुसार क्रोनी क्यापिटालिज्म भनेकै हालको नेपाली राजनीतिको शैली हो । जहाँ एक अर्काका गलत प्रवृत्तिलाई ढाकछोप गरिने पनि उनले बताए ।

भट्टराईले नेपाली विशेषताको समाजवाद यहि हो भनि प्रश्न पनि गरेका छन् । ‘यही त हो क्रोनी क्यापिटालिज्म कणहरू ! एक अर्कालाई ढाकछोप गरौं ! नेपाली विशेषताको समाजवादरु’, भट्टराईले भनेका छन् ।

नेकपा प्रवक्तासमेत रहेका नेता श्रेष्ठ पछिल्लो समय विवादमा तानिएका छन् । स्वर्गीय कमानसिंह लामा र श्रेष्ठबीचको आर्थिक लेनदेनसँग सम्बन्धित भिडियो बाहिरिएसँगै उनी विवादमा तानिएका हुन् ।

जहाँ साढे दुई करोडको हिसाब मिलाईदिन कमानसिंहले श्रेष्ठलाई आग्रह गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय