
२९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यवसायी घराना मुकेश अम्बानीलाई बधाई दिन अस्पताल पुगेको यो तस्विर सामाजिक सञ्जालमा निकै टिकाटिप्पणीको विषय बनेको छ । प्रधानमन्त्री मोदी भारतका सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानीको नाती जन्मिएकोमा बधाई दिन अस्पताल पुगेका थिए ।
हजारौँ किसानहरु दुई हप्ता भन्दा धेरै दिनदेखि सडकमा आन्दोलन गरिरहेका छन् । बढ्दै गएको चिसोको समेत प्रवाह नगरी किसानहरु जसरी पनि आफ्नो माग पुरा गर्ने अठोटमा रहेका छन् ।
प्रधानमन्त्री मोदीले आन्दोलनकारी किसानलाई भेट दिएका छैनन् तर मुकेश अम्बानीको नाती भेट्न अस्पताल पुग्नुलाई धेरैले नकरात्मक टिप्पणी गरेका छन् । मोदी सरकार ‘चिसोमा सडकमा प्रर्दशन गरिरहेका किसानहरुको नभै अम्बानी जस्ताहरुका लागि मात्र भएको टिप्पणी भएका छन् । ’
‘जुन देशको प्रधानमन्त्रीका साथ वर्षात तथा चिसोमा १६ दिन देखि बसिरहेका किसानलाई भेट्ने समय छैन, तर अम्बानीको घर पुगेर बधाई दिने समय छ’ सञ्जालमा टिप्पणी छ ।
सरकारले ल्याउन लागेको तीन कृषि कानुन कृषक मुखी नभएको भन्दै पञ्जाबबाट नयाँ दिल्ली छिरेकी किसानहरु उक्त कानुन फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकने बताइरहेका छन् । सरकारले किसानसँग वार्ता गरी समस्याको समाधान गर्न खासै पहलै नगरेको आन्दोलित किसानहरुको भनाइ छ ।