
२९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले एकसाथ एकैदिनमा ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले एकैदिन विभिन्न जिल्लामा ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो ।
उक्त बैंकल तेह्रथुम फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा , दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङको बडिगाड गाउँपालिका सिमालचौरमा र पाचँरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको थप ६ वटा शखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैकिङ सेवा संख्या २३८ पुगेको छ ।