Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु



२९ मङ्सिर, कराकस । त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुदाँ कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ ।

भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाइ भेनेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ । एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको छ ।

सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका जनाइएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय