Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

३८ तोला सुनका गहना चोरी गर्ने ५ जना पक्राउ



२९ मङ्सिर, काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका–११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे धुलिखेल नगरपालिका–१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।

गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्रयागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काठमाडौं महानगरपालिका–६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातु सहित काठमाडौं महानगरपालिका–१ कमलादीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार