
२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यका श्रीमान लक्ष्मण कृष्ण राज भण्डारीले प्रवक्ता श्रेष्ठलाई अनावस्यक रुपमा मुछेर आफ्नी श्रीमती र परिवारको चरित्र हत्या गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले केही संचारमाध्यमले आफ्नी श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत कमानसिंह लामाको विचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर केही अनलाइन सञ्चार माध्यमहरुले श्रीमती र परिवारको चरित्र हत्या गरेको बताएका छन् ।
यसै विषयलाई लिएर सुसन र उनका श्रीमानले आइतबार प्रधानमन्त्रीलाई पनि भेटेर यसबारेमा सबै कुरा यर्थाथ राख्दा प्रधानमन्त्रीले नामै नस्ुनेका अन्लाईनहरुले जे पनि लेख्ने र यसका पछि नलाग्न श्रेष्ठ दम्पत्तीलाई सुझाव दिएका थिए ।
‘नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो । देशमा राष्ट्रपति जस्तो सम्माननीय ब्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो ।’ श्रेष्ठले प्रधानमन्त्रीसँगको भेटमा भएका कुराकानीका बारेमा सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत…
Posted by Laxman Krishna Rajbhandari on Sunday, December 13, 2020