Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

माछा मार्ने विषयमा झगडा पर्दा यसरी गयो ज्यान



२९ मङ्सिर, सप्तरी । बोदेबरसाईन नगरपालिका–३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने बिषयमा दुई पक्षबीच आइतबार राति झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगिया देवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय शिव सरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन् ।

उक्त स्थानमा झगडा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोधेबसाईन र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका ४ जनाको नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्