
२९ मंसिर, काठमाडौं । बार्सिलोनाको आगामि जनवरीमा हुने अध्यक्ष पदका उम्मेदवार एमिली रुसार्डले मेसिले तलब बटौती गर्न सहमत नभए क्लब छाड्ने टिप्पणी गरेका छन् । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले आफ्नो पदबाट राजिनामा दिएसँगै बार्सिलोनामा नयाँ अध्यक्षको लागि २०२१ जनावरी २४ मा निर्बाचन हुदै छ ।
रुसार्डका अनुसार मेसिले क्लबको वर्तमानको अवस्थालाई बुजेमा क्लबमा राख्न प्रयास गरिने पनि बताए । उनले भने, ‘हामीले मेस्सीसँग बस्नुपर्नेछ र तलब कटौती गर्न सोध्नुपर्नेछ,’ ‘हामी उनलाई तलब त्यागका लागि अनुरोध गर्नेछौं । यदि उनी यी कुरामा सकरातमक देखिएनन् भने क्लब छाड्नेछन् ।’
गत सिजन लगातार क्लबले खराब प्रदर्शन गरेका कारण मेसिले क्लब छोड्न चाहेका थिए । तर उनको रिलिज क्लज ७०० मिलियन भएका कारण कुनै पनि क्लब उनलाई अनुबन्द गर्न सफल भएनन् । ६ पटकको बालोन डि’ओर विजेता मेस्सीलाई आफ्नो क्लबमा भित्राउन विशेषगरि प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र फ्रेन्च लिग वान क्लब पिएसजीले इच्छा व्यक्त गर्दै आएको छ ।
बार्सिलोनाको यो सिजनपनि खराब प्रदर्शन कायमनै रहेको छ । ला लिगामा ११ खेल खेल्दा उसले ४ खेलमा हार व्यहोर्र्दै १७ अंकका साथ ८ र्औ स्थानमा रहेको छ । दुई खेल बढी खेलेको रियल सोसिडास २६ अंक सहित पहिलो स्थानमा रहेको छ ।