२९ मंसिर, काठमाडौं । एयर ट्रान्सपोर्ट बबल मार्फत आगामी बिहीबारबाट काठमाडौं-दिल्ली उडान सुरु हुने भएको छ । काठमाडौं-दिल्ली उडानका लागि दुइ जहाजको प्रयोग गरिने भएको छ । नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज मार्फत उडान सुरु हनु लागेको हो ।
बिहीबारबाट हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री थालेको छ । एयरलाइन्सकाे एक जहाजले दैनिक काठमाडौंबाट -दिल्ली आवतजावत गर्ने छ । सुरुवाति चरणमा एयरलाइन्सले न्यारोबडी जहाजको प्रयोग गर्ने भएको छ भने यात्रुको चापलाई हेरेर वाइडवडी जहाज प्रयोगमा ल्याउने तयारी गरेको छ ।
नेपाल एयरलाइन्सले उडानको समयतय गरेपनि उडान अनुमति पाएको एयर इण्डियाले अझै उडान मिति तोकिसकेको छैन । भारत उडानका लागि यात्रुले सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्नुपर्ने हुन्छ । त्यसका लागि अधिकतम ७२ घण्टा भित्रको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ ।