
३० मङ्सिर, काठमाडौँ । बिग ब्यास लिग (बिबिएल) अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले आफ्नो तेस्रो खेलमा एडिलेस स्ट्राइकर्सको सामना गदैँ छ ।
यस सिजनमा होबार्ट हुरिकेन्स अपराजित रहेको छ भने एडिलेड स्ट्राईकर्सले जित निकाल्न सकेको छैन । यी दुई टिम बिच यस अघि भएको खेलमा होबार्ट हुरिकेन्सले एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गरेको थियो ।
होबार्ट र एडिलेड बिचको खेल नेपाली समय अनुसार दिउँसो २:०० बाट सुरु हुनेछ ।
होबार्टको सम्भावित प्लेइङ्ग :११
विल ज्याक्स, डार्सी शर्ट, कोलिन इंग्राम, पिटर ह्यान्डसकोम्ब, बने म्याकडर्मोट, जेम्स फल्कनर, टिम डेविड, नेथन एलिस, स्कट बोल्यान्ड, रिले मेरिडिथ, जोहान बोथ ।
एडिलेडको सम्भावित प्लेइङ्ग:११
फिलिप साल्ट, जेक वेथरल्ड, एलेक्स क्यारी, म्याट रेनशा, जोनाथन वेल्स, रियान गिब्सन, रशिद खान, डानियल वरेल, पीटर सिडल, वेस आगर, ड्यानी ब्रिग्स ।