
३० मंसिर, काठमाडौं । सभामुख अग्नि सापकोटाको अनुपस्थितिले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक स्थगन भएको छ । यस अघि आइतबार हुनिभनिएको बैठकपनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षि दलका सभापति शेरबहादुर देउवा नजाँदा सरेको थियो ।
आइतबारको बैठकमा संघीय संसद सेवा दिवस परेकाले उपस्थिति हुन नसकेको जनाएका सभामुखले मंगलबार भने प्रधानमन्त्री ओली र समिति सदस्यहरुवीच समन्वयको अभाव देखिएको कारण देखाउदै बैठकमा उपस्थिति भएनन् । पछिल्लो समय सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट हुदै आएका छन् ।
उता सभामुख सापकोटा बैठकमा उपस्थित नहुने जानकारीपाए पछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि मंगलबारको बैठकमा गएनन् । दुई सदस्यको अनुपस्थितिमा बैठकको लागि संख्या नपुग्ने भएपछि बैठक हुन सकेन ।
सभामुख सचिवालय स्रोतका अनुसार सभामुख प्रमुखत तीन कुरा मा असन्तुष्ट रहदै आएका छन्, परिषदका अध्यक्ष (प्रधानमन्त्री) र सदस्यहरुवीच समन्वयनको अभाव , बैठकका लागि पर्याप्त गृहकार्य नहुनु र बैठकका लागि पूर्वतयारी पर्याप्त नहुनु हो । परिषद सदस्यहरुलाई ४८ घण्टाअघि बैठकका एजेण्डाहरु उपलब्ध गराउन पर्नेमा यस्तो हुन नसकेको स्रोतले जनायो ।
बैठको प्रमुख एजेण्डाको रुपमा अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि बैठकको संख्या नपुग्दा बस्न सकेको छैन ।