३० मङ्सिर, काठमाडौँ । तीनदिन देखि लगातार स्थिर रहेको सुनको मूलयमा आज गिरावट आएको छ ।
सोमबार ९२ हजार ४ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज सय रुपैँयाले घटेर प्रतितोला ९२ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि सयले घटेर मूल्य ९१ हजार ८५० रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १२०० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।