Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



३० मङ्सिर, झापा । बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका९४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार