
३० मंसिर, काठमाडाैं । मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा काम गरिरहेका प्रवासी कामदारलाई आफ्नो देश फर्कने अवसर दिएको छ । मलेसियास्थित नेपाली दूतावासले मौकाको फाइदा उठाई हाल्न आग्रह गर्दै फर्कने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।
मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रमको घोषणा गरेको छ । यस अन्तर्गत अवैधानिक कामदारले निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने सक्नेछन् ।
दोस्रो कार्यक्रमका रुपमा सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने सक्ने रहेको छ । यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (१४ हजार ४५९ रुपैया) सम्मको जरिवाना तिरेर घर फर्कन सक्नेछन् ।
मलेसियाले अवैधानिक रुपमा काम गर्नेहरुलाई दिएको अवसर हो । मलेसियन सरकारले अवैधानिक कामदारलाई डिसेम्बर ३१ तारिखसम्म फर्कने अवसर दिएको छ । सामान्य अवस्थामा अवैधानिक रुपमा मलेसियामा बसेका व्यक्तिले मलेसियाको अध्यागमन कानुन अनुसार १० हजार मलेसियन रिंगिटसम्म जरिबाना वा पाँच वर्ष कैद वा दुवै सजाय भोग्नुपर्ने हुन सक्छ ।
अवैधानिक व्यक्तिहरुको व्यवस्थापनको लागि मलेसियामा हाल सञ्चालनमा रहेका कार्यक्रमहरु
मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ।
यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन्।
अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो?
यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।
यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो?
अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?
– आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्ने।
– मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।
– https://sto.imi.gov.my क्लिक गर्ने।
– आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।
– PROGRAM REKALIBRASI PULANG छान्ने।
– उपयुक्त Date छान्ने।
– सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने।
– मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।
अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?
– आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।
– कोभिड- १९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।
– १४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।
– Appointment Confirmation को प्रिन्ट कपी।
– ५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।
थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने? टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९
०३२०२०१९०१ (श्रम शाखा)
हटलाईन नम्बरः ०१६२४७२७७७
ईमेलः [email protected]/[email protected]
वेभपेजः https://my.nepalembassy.gov.np/
ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia