
काठमाडौं । सरकारले उखु किसानको मागलाई वेवास्ता गरेको प्रति कांग्रेस नेतृ डा. डिला संग्रौला पन्तले आक्रोश पोखेकी छिन् । उनले किसानको समस्यामा सरकारलाई किसानले कति पटक विन्ति बिसाउने हो भनि प्रश्न पनि गरेकी छिन् ।
‘यो देशमा सरकार छ र ? प्रती बर्ष माइतिघर मण्डलामा आउनु पर्ने बाध्यता किन सिर्जना गरिन्छ ? उखु किसानहरुले सरकारलाई कति बिन्ती बिसाउने हो ?’ संग्रौलाको प्रश्न छ ।
किसानका मागमा मौन सरकारले उद्योगका मालिकसँग साँठगाँठ गरेको आशंका संग्रौलाको छ । उखु मिल उद्योगलाई तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु भनि मालिकसँग साँठगाँठ गरिएको त होइन् भनि संग्रौलाले प्रश्न गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘उखु उध्योगका मालिकलाई खोइ कारबाही ? तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भनी मिल मालिकसँग साटगाँठ त छैन ? ७०/७५ बर्ष सम्मका वृद्ध उखु किसानहरुलाई यो जाडोमा कहिलेसम्म आन्दोलनमा उत्रन लगाउने ? यो त मरेकै दिन भो सरकार !’
उखु किसान प्रदर्शनमा उत्रनु पर्ने बाध्यता निकै गम्भीर बिडम्बना भएको संग्रौलाको भनाई छ । उनले भनेकी छिन्, ‘उखु किसानहरुले प्रतेक बर्ष आफुले बिक्री गरेको उखुको मूल्य नपाउदा माइतिघर मण्डलामा प्रदर्सन गर्न बाध्य भएका छन् । ७ वटा चिनी उधोग किसानलाई करिब ९० करोड बक्योता तिर्न बाकी छ । ऋण काढेर उखु उत्पादन गर्नु अनि ऋण लिएर नै प्रदर्सनमा उत्रिन बाध्य हुनु पर्ने कस्तो बिडम्बना हो यो ?’
प्रतिनिधि सभाकी सांसदसमेत रहेकी संग्रौलाले किसानहरुको आन्दोलनलाई सहयोग गर्न सबैसँग आग्रह पनि गरेकी छिन् । ‘उखु किसानको शोषण विरुद्ध हामी सबै एकजुट होऔ र न्याय दिन कम्बर कसौं। सडकबाटै न्यायको लागि उद्घोष गरौं ।’, उनले भनेकी छिन् ।