
३० मङ्सिर, कास्की । क्यामेरा चोरी गरेको अभियोगमा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने रोल्पा घर भएका १९ वर्षीय दिपक मगर र सोही महानगरपालिका–२२ पुम्दीभुम्दी बस्ने १९ वर्षीय अनिस बराईलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार सोही महानगरपालिका–३ तेर्सापट्टी बस्ने प्रबिण बैधको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्यामेरा चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई १ थान क्यान क्यामेरा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।