
काठमाडौँ । गोविन्द मधुर आचार्यको संगीत तथा स्वरमा मार्मिक गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडलद्वाय उर्मिला रायमाझी र जिवी चिरनले श्रीमान श्रीमतीको अभिनय गरेका छन् ।
निर्देशक मुनाल शिशिर कोइरालाले एसिड आक्रमण पश्चात महिलाले भोग्ने पिडा र बदला भावलाई प्रस्तुत गरेका छन् । यज्ञ बहादुर बुढाको शब्द रहेको गीतमा एरेञ्ज पनि मधुर आचार्यकै छ । मिलन शंकरको छायाँकन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।