Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

नयाँ अध्यादेश गम्भीर आपत्तिजनक कदम-झलनाथ खनाल



३० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जारी संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश गम्भीर आपत्तिजनक कदम भएको बताएका छन् ।

मंगलबार राष्ट्रपतिद्धारा जारी नयाँ अध्यादेशका विषयमा पार्टीमा स्थायी समिति, केन्द्रीय कमिटी वा कसैलाई पनि थाहा नदिइ÷ कुनैपनि छलफल नभइ ल्याइएको भन्दै नेता खनालले आपत्ति जनाएका हुन् । उनले पार्टीमा कुनै छलफल तथा जानकारी नदिइ अध्यादेश ल्याइएको भन्दै सरकारले मनपरी गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी मंगलबार नयाँ अध्यादेश जारी गरेपछि यसको सत्तापक्षका नेताहरु तथा विपक्षी दलबाट पनि व्यापक आलोचना भएको छ ।

मंगलबार बेलुका ५ बजेका लागि बोलाइएको संबैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहभागी नहुने बताइएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश ल्याउनुको पछाडिको नियत नबुझी संबैधानिक परिषद् बैठकमा सभापति सहभागी नहुने बताएका छन् ।

त्यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि यस विषयमा कुनै छलफल नभएको भन्दै मन्त्रीहरुले समेत नयाँ अध्यादेशका विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय