back
CTIZAN AD

स्वास्थ्य चौकीलाई साढे चार रोपनी जग्गादान

वि.सं.२०७३ माघ ३ सोमवार

975 

shares

 ३ माघ,बैतडी । बैतडीको तल्लोस्वराडका एक स्थानीय बासिन्दाले उदयदेव स्वास्थ्य चौकीलाई निःशुल्क रुपमा करिब रु पाँच लाख बराबरको जग्गादान गर्नुभएको छ ।

जग्गादान गर्नेमा उदयदेव–९ मकैलका ७८ वर्षीय सन्तोक सिंह ठकुराठी रहेको उदयदेव स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिनुभयो । ठकुराठीले करिब रु पाँच लाख बराबरको साढे चार रोपनी जग्गादान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ ।

यसअघि स्वास्थ्य चौकीमा सुविधासम्पन्न भवन बनाउन जग्गा अभाव रहेकाले अब उक्त जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने स्वास्थ्य चौकी इन्चार्ज महताले बताउनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा बैतडी जिल्लामै उत्कृष्ट हुँदै प्रथम स्थानमा उदयदेव स्वास्थ्य चौकी रहेको थियो ।

यसअघि बैतडीको डिलासैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहरा सगोल रुपमा (दुई रोपनी) गरी पाँच रोपनी निःशुल्क रुपमा हाट स्वास्थ्य चौकीलाई जग्गादान गरेका थिए । रासस

वि.सं.२०७३ माघ ३ सोमवार ०४:३३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...